काठमाडौं । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवस तथा जन्म जयन्तीका अवसरमा ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले २०८१ साल वैशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५३ दिन भने शनिवार बिदा हुनेछ । देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबै नागरिकका लागि आगामी वर्ष २०८१ मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।
बिदा सूची अनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा नव अर्थात् वैशाख एक गते रहेको छ । उक्त दिन भने शनिवार परेको छ ।
त्यसपछि वैशाख पाँच गते राम नवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ । भदौ तीन गते रक्षा बन्धनको, भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको र असोज १७ गते घटस्थापनाको सार्वजनिक बिदा रहेको छ ।
विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत ध्यानमा राखेर बढीमा १९ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने भनिएको छ ।



सम्वन्धित समाचार
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा