काठमाडौं । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवस तथा जन्म जयन्तीका अवसरमा ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले २०८१ साल वैशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५३ दिन भने शनिवार बिदा हुनेछ । देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबै नागरिकका लागि आगामी वर्ष २०८१ मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।
बिदा सूची अनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा नव अर्थात् वैशाख एक गते रहेको छ । उक्त दिन भने शनिवार परेको छ ।
त्यसपछि वैशाख पाँच गते राम नवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ । भदौ तीन गते रक्षा बन्धनको, भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको र असोज १७ गते घटस्थापनाको सार्वजनिक बिदा रहेको छ ।
विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत ध्यानमा राखेर बढीमा १९ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने भनिएको छ ।



सम्वन्धित समाचार
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
राज्य व्यवस्था समितिको सभापतिमा मंगलबार मनोनयन, ११ गते निर्वाचन
सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने स्थानीय तहलाई सम्मान गर्ने
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा