गरिमा परियोजनाद्वारा समीक्षा तथा योजना बैठक सम्पन्न



काठमाडौं । गरिमा परियोजनाले बार्षिक समीक्षा तथा योजना वैठक सम्पन्न गरेको छ।

करुणा ट्रस्ट ,करुणा जर्मन सँघिय सरकारको आर्थिक तथा प्राबिधिक सहयोग , ग्रीन तारा नेपाल र रीड नेपालको सँयुक्त साझेदारीमा सञ्चालित परीयोजनाले बार्षिक समीक्षा तथा आगामी वर्षको योजना तर्जुमा गरेको हो।

योजना तर्जुमा वैठकको अध्यक्षता ग्रीन तारा नेपालका निर्देशक रामचन्द्र सिलवालको उपस्थितिमा संचालन भएको वैठकले २०२३ मा सम्पन्न  गरिएका कार्यक्रमहरुको समीक्षा  र २०२४ मा संचालनमा रहने परियोजनाको योजना तर्जुमा गरेको थियो ।

सोहि कार्यक्रमको प्रमुख अथिति रीड नेपालका कार्यकारी अधिकृत भीम बहादुर बोगटी, अतिथि वित्त प्रवन्धक रन्जना पौडेल,  MEAL प्रबन्धक उपेन्द्र राज जोशी, परियोजना प्रबन्धक सलिता गुरुङका साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको गरिमा परियोजना फिल्ड प्रबन्धक बिक्रम जोशीले बताए ।

सोमबार नेपाल हाउस रेस्टुरेन्ट हात्तीसारमा बसेको वैठकले कार्यक्रम अवधि भित्र सम्पन्न गर्नु पर्ने कार्यहरुको सुचीकृत गरि समयमै सम्पन्न गर्ने गरि जिम्मेवारी बाँडफाँड गरेको हो ।

छाउपडि प्रथाको अन्त्य ,भेदभाव रहित सुरक्षित महिनाबारी र प्रजनन स्वास्थ्य लगाएत समाजमा रहेका सामाजिक कुरिती बिभेदहरु हटाउन गरीमा परीयोजनाले बझाङ र बाजुरामा काम गदै आएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.