काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने पार्टी निर्माण गर्न संगठन निर्माण गर्न पार्टी पंक्तिमा सर्कुलर पठाएका छन्।
अपानिमा भनेका छन्( आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे हामीले धेरै पटक चर्चा गरेका छौँ । त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ । यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ ।
यो अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरे लक्ष्यित परिणाम हासिल गर्नसक्ने बताएका छन्। मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठुलो चुनौती रहेको उल्लेख गर्दै एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने उल्लेख गरेका छन्।
अपानीमा भनेका छन्( हाम्रो पार्टीले मुलुकको राजनीतिमा असाधारण भूमिका खेल्नु पर्ने छ । आगामी महाधिवेशन वैचारिक, सैदान्तिक, राजनीतिक तथा सङ्गठनिक दिशामा नंया उँचाई प्राप्त गर्नका लागि सबैमा महत्वपूर्ण अवसर हुनेछ । चुनौतिकको सामना गर्न र सम्भावनालाई यथार्थमा परिणत गर्न सम्पूर्ण सामर्थ्यका साथ अघि बढौँ ।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल