विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री २ जना राज्यमन्त्री नियुक्त भएका छन् । यस अघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो ।
कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ
।
यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ ।
यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । कार्की यसअघि पनि उद्धव थापा नेतृत्वको सरकारमा विनाविभागीयमन्त्री भएका थिए । मगर भने दोस्रो पटक प्रदेश सांसद निर्वाचित हुँदा पनि मन्त्री बन्नबाट वञ्चित थिए ।
यसअघि कार्कीले कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए ।
गठबन्धन र कांग्रेसमा विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले शपथ ग्रहण गर्दा दुई जनालाई मन्त्री बनाएका थिए ।
सम्वन्धित समाचार
रीड नेपालद्धारा थुलुङमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी
काठमाडौंमा भूकम्पको धक्का
स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ४ दिने तालिम सुरु
रीड नेपालद्धारा जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ती प्रदान
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी
ओखलढुंगाको मोलुङ ५ बाट एमालेले खोल्यो खाता