काठमाडौं । त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो ।
जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् ।
यस्तै तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।
समितिले सर्ट लिस्टमा समावेश गरेका १४ जनाहरुबाटै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ । उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए ।
दर्खास्त दिएकामध्ये १५ नामा सर्टलिस्टमा समावेश हुनुपर्नेमा १४ जनाको मात्रै परेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो ।
बास्कोटाको कार्यकाल सकिएपछि कात्तिक २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा नाम सिफारिस गर्न समिति गठन गरेको थियो ।
समितिमा मन्त्रालयका सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे सदस्य रहेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।



सम्वन्धित समाचार
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु