पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा



काठमाडौं। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ।

बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो। त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस थियो।

फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन्, जोशी ।

प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।
सहकारी ठगी प्रकरणमा सुदर्शन सहकारीका सञ्चालक राईसहित थुप्रै फरार छन्।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.