काठमाडौं। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ।
बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो। त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस थियो।
फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन्, जोशी ।
प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।
सहकारी ठगी प्रकरणमा सुदर्शन सहकारीका सञ्चालक राईसहित थुप्रै फरार छन्।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
बालेनको प्रचारमा खटिएका सादा पोशाकका प्रहरी थिए: अनुसन्धान हुँदै ?
कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय