काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको दलको बैठकले समितिको संयोजक तोकेको हो।
अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको छ ।
यस्तै राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।
आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्ने छ भने त्यसपछि निर्वाचनबाट कार्यसमितिको संसदीय दलको कार्यसमितिले पूर्णता पाउने छ



सम्वन्धित समाचार
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु