काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले परिवारमाथि प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया खुल्ला प्रतिस्पर्धाबाट किनेको दाबी गरे । तत्कालीन सरकारले खुल्ला बजारको अर्थनीति अनुसार बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट लिएको तथा सोही कम्पनीको सम्पत्तिको रुपमा उक्त जमिन रहेको चौधरीले प्रष्ट्याए ।
सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।
लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्र भएको चौधरीले आरोप लगाएका छन् ।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु