काठमाडौं । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घट्दै गएकोप्रति एमाले प्रमुख सचेतक पदम गिरीले चिन्ता व्यक्त गरेका छन् । पर्वत जिल्लाको पूर्णेश्वर माविको ६३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका गिरीले विद्यालयहरुमा निरन्तर विद्यार्थी घट्दै जाँदा विद्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गरे । विद्यालयमा गुणस्तरीय शिक्षा व्यवस्थापन गरी विद्यालयहरुलाई मर्ज गरेर भए पनि सामुदायिक विद्यालयहरुको व्यवस्थापन गरिनुपर्नेमा गिरीले जोड दिए ।
ग्रामीण क्षेत्रहरुमा रहेका कतिपय सामुदायिक विद्यालयहरुमा निकै कम मात्र विद्यार्थी संख्या हुने गरेको भन्दै त्यस्ता विद्यालयहरुलाई मर्ज गरेर भए पनि विद्यार्थीलाई गुणस्तरीय र सुविधायुक्त सेवा दिनुपर्ने गिरीको भनाइ छ ।
वर्तमान शिक्षा प्रणालीमा अंग्रेजी माध्यमको अध्यापनमा विद्यार्थीको आकर्षण हुने गरेका कारण सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यमको अध्यापनलाई प्राथमिकता दिएर विद्यार्थीको भर्नादर बढाउनुपर्ने गिरीको सुझाव छ ।
गिरीले देशमा स्वास्थ्य, शिक्षा सरकारले निशुल्क गर्नुपर्ने धारणा राख्दै शिक्षा क्षेत्र नेपालमा निकै महंगो बन्दै गएको बताए । नीजि क्षेत्रले सञ्चालन गरेको शिक्षालयहरुमा निकै महंगो शुल्कमा विद्यार्थीले अध्ययन गर्नपर्ने बाध्यता रहेको गिरीको भनाइ छ ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना