काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो ।
यो वर्ष नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ । गत वर्ष नेपाल ३४ अंक पाएर ११०औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् । प्रतिवेदनले शून्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने उल्लेख गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।
यो प्रतिवेदन विश्वभर एकैपटक सार्वजनिक गरिएको हो । गत वर्षको तुलनामा नेपालकाे अंकमा यस वर्ष केहि सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूकाे श्रेणीमै यस वर्ष पनि नेपाल कायम रहेकाे टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । नेपाल भ्रष्टाचार व्याप्त मुलुकभित्र नै रहेको उनको भनाइ छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ