काठमाडौँ, २१ मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गर्नुभयो । उहाँले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गर्नुभएको थियो । त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराउनुभएको थियो । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गर्नुभएको थियो ।
पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गर्नुभएको हो । त्यस्तै उहाँले रेक्ट्रोफिटिङ्ग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी हुनुहुन्थयो ।



सम्वन्धित समाचार
बालेनको प्रचारमा खटिएका सादा पोशाकका प्रहरी थिए: अनुसन्धान हुँदै ?
कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा
बाबुराम भट्टराईले गोरखा-२ बाट लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी