बझाङ। रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपालिकाको समन्वयमा ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धि पुनर्ताजगी शिक्षक तालिम सम्पन्न भएको छ।
समापन कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै शिक्षक प्रमिला रोकायाले तालिममा धेरै विषयवस्तुमा नयाँ सिपहरु सिक्न पाएकोमा रीड नेपाललाई धन्यवाद दिदै सिकेका सिपलाई अनिबार्य कक्षाकोठामा प्रयोग गर्ने बताउनु भयो । त्यस्तै सहभागीको तर्फबाट बोल्दै शिक्षक हरि बहादुर जेठाराले तालिमले एकीकृत पाठ्यक्रमको प्रयोग सम्बन्धमा भएको असहझतालाई सहज बनाएकोले सबै शिक्षकलाई पाठ्यक्रम प्रयोग गरि विद्यार्थीको सिकाइ वृद्धिगर्न सबैसभागिलाई आग्रह गर्दै आफुपनी प्रयोग गर्ने प्रतिबद्धता गर्दै शिक्षकको आबश्यकताको आधारमा तालिम संचालन गरेकोमा धन्यवाद दिनु भयो।


सामापन कार्यक्रममा बोल्दै रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले अझैपनि विद्यार्थीको सिकाइ कमजोर रहेकोले शिक्षकले शैक्षिक सामग्री सहित सिकाइ गर्न र कक्षाकोठालाई पनि शैक्षिकमय बनाउन अनुरोध गर्दै तालिममा सिकेका सिपलाई अनिबार्य कक्षाकोठामा प्रयोग गर्नुका साथै सिकाइ सुधारमा विद्यार्थी निरन्तर मूल्याकंन र पाठ्यक्रम अनिवार्य प्रयोग गर्न अनुरोध गर्नुका साथै कामको मूल्याकंनको आधारमा विद्यालयलाई सहयोग गरिने बताउनु भयो।
तालिममा एकीकृत पाठ्यक्रमको अबधारणा , एकीकृत सिकाइ योजना निर्माण, प्रयोग र अभ्यास ,विद्यार्थी सिकाइ मूल्याकंनको प्रयोग र अभ्यास लागाएतका विषयवस्तुमा तालिम संचालन गरिएको रीड नेपालका शिक्षा संयोजक जनक राज जोशी बताउनु भयो।
तालिममा ३८ विद्यालयका ९३ जनाको सहभागिता रहेको । तालिमको सहजीकरण रीड नेपालका शिक्षा बिकास संयोजक केशव देब गिरि, जनकराज जोशी, शिक्षा बिकास अधिकृत सुजाता राई र उमा भट्टले गरेको थियो।



सम्वन्धित समाचार
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा