काठमाडौं । नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारीको लागि अर्थमन्त्रालयले पत्र पठाएको छ । आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिदै पत्र आएको बोर्ड स्रोतले जनाएको छ ।
मन्त्रालयबाट पत्र आएपछि चारजना कार्यकारी निर्देशकसहित व्यवस्थापक तहका कर्मचारीको बैठक बसेको छ । बैठकमा पहिलो वरीयताका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नै निमित्तको जिम्मेवारी लिने छलफल भएको बोर्ड स्रोतले जनाएको छ ।
रमेश हमाल अध्यक्ष हुँदा उनले आफू बिदामा बस्दा निमित्तको जिम्मेवारी पाउँदै आएका विनयदेव आचार्यले नै डा. अधिकारीलाई जिम्मेवारी लिन भनेको स्रोतले जनाएको छ ।
आज सोमबार थप छलफल हुने र सोमबार नै सञ्चालक समितिको बैठक बस्नसक्ने बोर्डका एक अधिकारीले बताए । सञ्चालक समितिले निमित्तको जिम्मेवारी पाउने अधिकारीले गर्ने जिम्मेवारी तोक्नेछ ।
२० पुसमा कार्यकाल सकिएर अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्डमा निमित्तको जिम्मेवारीसमेत नतोकिंदा दैनिक काम कारबाही नै प्रभावित बन्दै आएको थियो ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति बनाइसकेको छ ।
समिति अध्यक्ष छनोटको लागि आवश्यक कार्यविधि तर्जुमा गरेर अध्यक्षको लागि आवेदन माग गर्नेछ । सोही समितिले तीन जनाको नाम सिफारिस गरि मन्त्रिपरिषद्ले एक जना अध्यक्षमा नियुक्त गर्नेछ ।
सम्वन्धित समाचार
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो रूपमा प्रस्तुत हुनू
मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवीन्द्र मिश्र र धवलशम्शेरलाई राजद्रोहसमेतको मुद्दा लगाइँदै