काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कट अफ प्राइस १ सय ४६ रुपैयाँ कायम हुने सम्भावना प्रवल देखिएको छ । गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो ।
शेयर लिलामीको बिक्री प्रबन्धक नागरिक लगानी कोष पुँजी बजार शाखा प्रमुख नारायण घिमिरेका अनुसार ७ अर्ब भन्दा बढी नगद जम्मा भएको उक्त लिलामीमा गुड फर पेमेन्ट चेकबाट पनि धेरैले शेयर आवेदन गरेका थिए ।
‘आइतबार बेलुकीसम्म सबै बोलपत्र खोल्ने कार्य सम्पन्न भए पनि बोलपत्रको लागि भरेको सबै चेक अहिलेसम्म साटि सकिएको छैन । चेक बाउन्स भएमा १ सय ४६ रुपैयाँभन्दा तल्लो मूल्यमा पनि शेयर पाउन सकिन्छ । अहिलेसम्मको तथ्यांक अनुसार १ सय ४६ रुपैयाँ कट अफ प्राइस हुने प्रारम्भिक नतिजा बाहिर आएको छ । आधिकारिक तथ्यांक भने भोलि मात्रै आउनेछ ।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल