काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कट अफ प्राइस १ सय ४६ रुपैयाँ कायम हुने सम्भावना प्रवल देखिएको छ । गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो ।
शेयर लिलामीको बिक्री प्रबन्धक नागरिक लगानी कोष पुँजी बजार शाखा प्रमुख नारायण घिमिरेका अनुसार ७ अर्ब भन्दा बढी नगद जम्मा भएको उक्त लिलामीमा गुड फर पेमेन्ट चेकबाट पनि धेरैले शेयर आवेदन गरेका थिए ।
‘आइतबार बेलुकीसम्म सबै बोलपत्र खोल्ने कार्य सम्पन्न भए पनि बोलपत्रको लागि भरेको सबै चेक अहिलेसम्म साटि सकिएको छैन । चेक बाउन्स भएमा १ सय ४६ रुपैयाँभन्दा तल्लो मूल्यमा पनि शेयर पाउन सकिन्छ । अहिलेसम्मको तथ्यांक अनुसार १ सय ४६ रुपैयाँ कट अफ प्राइस हुने प्रारम्भिक नतिजा बाहिर आएको छ । आधिकारिक तथ्यांक भने भोलि मात्रै आउनेछ ।



सम्वन्धित समाचार
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो
२४ वर्षीय ढकाल एमाले महाधिवेशन प्रतिनिधि
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै