एसईई चैत्र १५ देखि २७ गते सम्म सञ्चालन हुने



 

भक्तपुर । ष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म  सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

प्रदेश

पुरुष

महिला

जम्मा

कोशी

३९६७५ ४०४८४ ८०१५९

मधेश

४१४१६ ४०७९७ ८२२१३

बागमती

५३०३६ ५०४२० १०३४५६

गण्डकी

२१६३६ २०८५३ ४२४८९

लुम्बिनी

४५२२१ ४५८५१ ९१०७२

कर्णाली

१६२०० १६३१८ ३२५१८

सुदुर पश्चिम

२८८०९ २८७१६ ५७५२५

जम्मा

२४६००४

२४३४४०

४८९४४४

ती मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.