अपाङ्गता समावेशी शिक्षा, स्थानीय तह र सुशासन सम्बन्धि क्षमता अभिवृद्धि तालिम



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अपाङ्गता समावेशी शिक्षा, स्थानीय तह र सुशासन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

बुधबार सुरू भएको अपाङ्गता समावेशी शिक्षा, स्थानीय तह र सुशासन सम्बन्धि क्षमता अभिवृद्धि तालिम पाँच दिनसम्म हुने भएकाे हाे।

पश्चिम नेपाल समृद्धि खप्तडछान्ना परियोजना, रीड नेपालको आयोजनामा गरिएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले समावेशी शिक्षा र विकासमा अपाङ्गतालाई तथ्यांकमा हेर्दा अपाङ्ग भएका व्यक्तिहरु राज्यको मुल प्रवाहमा आउन नसकेको बताउँदै उनले राज्यको नीतिमा अपाङ्गता प्राथमिकतामा नपर्दा अरुले सृजना गरेको अवरोध अपङ्गता भएका व्यक्तिले सामना गर्नु परिरहेको बताए ।

उनले भने, शिक्षा, स्वास्थ्य र विकासमा अपाङ्गता महङ्गो देख्ने परिपाटीले समस्या हुनुका साथै समावेशी शिक्षा, स्वास्थ्यको विकास अझै पनि हुन सकेको छैन्। राज्यले बनाउने संरचना र नीतिहरुले सबैलाई समेट्छ कि समेट्दैन भन्ने विषयमा ध्यान पुर्याउनु पर्छ।

कार्यक्रममा खप्तडछान्ना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा ध्यान पुर्याउनुका साथै संरचना बनाएर मात्र नहुने उल्लेख गर्दै नेपालीलेले सेवा दिने व्यक्ति कहाँ बसेको छ भन्ने कुराले महत्व राख्ने बताए।

त्यस्तै: रीड नेपालका अनुगमन तथा मूल्यांकन प्रवन्धक उपेन्द्रराज जोशीले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय तहका जनप्रतिनिधिलाई अपाङ्गताका सवालमा विद्यमान व्यवस्था र भावी योजना तय गर्न सहजहोस् भन्ने हेतुका साथ तालिमको अयोजना गरिएको बताए।

पश्चिम नेपाल समृद्धि खप्तडछान्ना परियोजनाका प्रबन्धक देवराज खत्रीकाे अध्यक्षता भएकाे कार्यक्रमको प्रमुख आतिथिती खप्तडनामा गाउँपालिका अध्यक्ष उत्तम रोकायाको रहेको थियो।

प्रमुख अतिथिती खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष रोकायले तालिमको विषयवस्तु महत्वपूर्ण रहेकाले विषयवस्तुको कार्यान्वयनको जिम्मेवारी गाउँपालिकाको भयको बताए।

उहाँले यस तालिमबाट प्राप्त ज्ञानको प्रभावकारी कार्यान्वयनका लागि तालिममा सहभागीहरूले सक्रिय रूपमा भाग लिएर ज्ञान–सिपको कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

तालिममा खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, सात वटै वडाका वडाध्यक्ष, महिला तथा बालबालिका, खेलकुद र शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको रीड नेपाल शिक्षा विकास संयोजक जनकराज जोशीले बताएका छन्।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.