हेटैडा । हेटौंडा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको पर्खाल कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमती आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० अन्तरगत खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरि ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै चितवनका कवि अन्जान प्रदीपको कविता ‘कुण्डली’ले द्वितीय स्थान साहिल गरेको छ । द्वितीय हुँदै प्रदिपले ३० हजार पुरस्कार प्राप्त गरे । यसैगरी नुवाकोटका कवि एलिसा एकलासको कविता ‘निर्धो बक्ररेखा’ले तृतीय स्थान हासिल गर्दै २० हजार पुरस्कार प्राप्त गरिन । कविता प्रतियोगितामा तनहुँका भीमप्रसाद खतिवडा अनुरागको ‘मेरो यात्रा’ कविताले सान्त्वना भइ १० हजार रूपैयाँ प्राप्त गरे ।
कविता प्रतियोगिताको लागि प्राप्त १सय ५३ कवितामध्ये प्रारम्भमा उत्कृष्ट २० छनौट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट २० मा छनौट भएका मध्ये १८ जना कविका कविता शनिबार हेटौंडामा वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताए ।
उत्कृष्ट कविताका कविहरूलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले नगदसहित कदरपत्रले सम्मान गरेका थिए ।
३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए ।
मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताईन । उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकलाई धन्यवाद दिए।
विशिष्ट अतिथि कवी विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले मन्तव्य ब्यक्त गरेका थिए ।
सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
युवा पुस्तामा कविता क्रेज सत्रको बहसमा समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहेका थिए । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गरेका थिए ।
यसैगरी एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले १० कविता वाचन गर्दा सुनाउदा उपस्थित दर्शक मग्न भएको थिए । सङ्गम उपाध्यक्ष सानु खनालले पूर्व पत्रकार, गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकोले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा विप्लवलाई उपस्थित गराइएको बताए ।
पठन संस्कृतिमा टेवा पुर्याउन किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी समेत कार्यक्रम भरी गरेको थियो । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गरेको किताब घर संचालक छवि अनित्यले जानकारी दिए ।
सम्वन्धित समाचार
बाजुरा महोत्सवमा (शनिबार ) आज समिक्षा अधिकारी लगायको प्रस्तुति रहने
बहसमा बार्जु बाजुरा महोत्सवमा शनिबार महेश आउजी लगायतको प्रस्तुति रहने
राजेन्द्र रावतको “मेरी सुवा यसै राम्री” नामक देउडा गीत सार्वजनिक (भिडियो सहित)
स्वर्गिय बुवाको गायक बनाउने सपना पुरा गर्न काठमाडौँ झरेका ओव्जन परियार
सहित्यकार शाहीको अन्तर्राष्ट्रिय नारी दिवस बिशेष एक गजल
सन्तान जन्माउन अमेरिका पुगेकी अभिनेत्री थापा बनिन् आमा पहिलो सन्तान छोरी जन्माइन्