मिन बहादुर खड्का काठमाडौं : बाजुराका १६ वर्षीय सुनिल बुढा जसले सानै उमेरमा “सहर जाने बाटो” नामक खण्डकाव्य लेखेर नेपाली साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भए। भविष्यमा इन्जिनियर बन्ने सपना बुनेका बुढाले लेखेको खण्डकाव्य “सहर जाने बाटो” अहिले धेरैले खोजीखोजी पढिरहेका छन् । विशेष गरी उनको उमेरका साथीहरू अन्य अग्रज साहित्यकार उच्च पदस्थ प्रतिष्ठित व्यक्तिले पनि उक्त खण्डकाव्य पढ्नका लागि लिने क्रम जारि छ ।
सुनिल दुर्गम जिल्ला बाजुराको खप्तड छेडेदह गाउँपालिका -५- डोगडी (साविकको डोगडी गाविस ) मा २०६५ साल असार १५ गते आमा पारुदेवी बुढा र बुवा खडक बहादुर बुढाको पहिलो सन्तानका रुपमा जन्मिएका थिए । बुवा खडक बुढा गाडी चालक छन् । आमाले गाउँमा खेतीपाती गर्छीन्। सामान्य परिवारमा जन्मिएका सुनिलले पाँच वर्ष गाउँमै बुवा आमाको साथमा बिताए।

उनी कक्षा २ सम्म गाउँकै बालविकास आधारभूत बिद्यालयमा पढे। त्यसपछि २०७० सालमा अध्ययनको सिलसिलामा धनगढी पुगेका उनी कक्षा १० सम्म धनगढीको स्टेपिङ स्टोन इङ्ग्लिस स्कूल पढे। बुवा खडक बुढाले कैलालीको धनगढीमा सुनिलका गाउँकै छिमेकी हजुरबुबा नाता पर्ने नन्द बहादुर रावतको घरमा उनकै जिम्मा लगाएर घर फर्किए।
पाँच वर्षको उमेरमै बुवा आमाको साथबाट टाढिएका सुनिलका २०७० साल यताका ११ वर्ष हजुरबुवा नन्द बहादुर रावतको घरमै बिते । अहिले पनि उनी त्यहीँ घरमा बसिरहेका छन् । बुवा आमाको साथमा बस्न नपाए पनि हजुरबुवा हजुरआमाले कहिँले माया ममताको अभाव हुन दिएनन् । बिस्तारै उनलाई आफ्नो घर जस्तै लाग्न थाल्यो । आफ्ना छोराछोरीलाई गर्ने माया र आफुलाई गर्ने माया र व्यवाहारमा कहिँले फरकपना भएको उनले महसुस अहिले सम्म गरेका छैनन् ।
सुनिल भन्छन् ” म पाँच वर्षको हुँदा यहाँ आएको थिए, अहिले ११ वर्ष भयो, उहाँको ३ छोराछोरी छन् , चौथो सन्तानका रुपमा उहाँहरुका लागि म थपिए,अहिले मेरो आफ्नै घर जस्तै महसुस हुन्छ” गरिब बिपन्न परिवारमा हुर्किएपनि पढ्नका लागि सहर पुगेका उनलाई दु:ख पिडा भने झेल्नुपरेन । सुनिल सानै देखी किताबीय ज्ञान बाहेकका कुरा अध्ययन गर्न रुचाउँन्थे।
उनी सानै देखी उनी कथा कविता, निबन्ध, सुन्न र पढ्न बढी रुचि राख्थे। पढाईमा समेत सानै उमेर देखी अब्बल सुनिल बिद्यालयमा आयोजना हुने हाजिरी जवाफ,लगायतका विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन्थे ।बिद्यालया खाली समयमा पुस्तकालयमा गएर कथा, कविता,निबन्धका पुस्तकहरु पढ्ने उनको दैनिकीनै थियो । बिद्यालयमा खालि समयमा अरु साथीहरू खेल्न जान्थे भने उनी पुस्तकालय छिर्थे। कक्षा ८ मा अध्ययन गर्दै गर्दा उनले पहिलोपटक कविता लेख्न सुरु गरेका थिए ।

गुरुआमा शीर्षकमा आफुलाई नेपाली पढाउने शिक्षकलाई सम्बोधन गर्दै पहिलो पटक कविता लेखेको सुनिल बताउन्छन् । त्यसपछि उक्त कविता उनले शिक्षकलाई देखाए । त्यसपछि सुरु भयो उनको साहित्य लेखन । त्यसवेला नै आफुले कविता लेख्न थालेर झण्डै चार दर्जन बढी सामान्य भाषाका कविता लेखेको उनको भनाई छ ।
कक्षा १० मा पुगेपछि उनी बिद्यालयको छात्रावास बसे । महाकवि लक्ष्मी प्रशाद देवकोटाका कृतिहरु उनलाई खुब मन पर्थे। देवकोटाको सार्वाधिक रुचाईएको कृति मुनामदनबाट आफु नेपाली साहित्यमा प्रभावित भएको सुनिल बताउन्छन् । देवकोटाको मुनामदन पढेर आफुले साहित्यमा कलम चलाउन सुरु गरेको बुढाको भनाई छ ।
उनले विगत स्मरण गर्दै सुनाए, ” म खाली समय अक्सर पुस्तक पढेर र लेखेर बिताउँन्थे, छात्रावासमा बस्दा थुप्रै लेखकका आलेखहरु पढे, सबैभन्दा बढी मैले मुनामदन पढेको छु” कक्षा २ मा हुँदा देवकोटाको कविता नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ, कविता पढेका सुनिल त्यहीँ कविता बाट प्रभावित भैई उनका लेखहरु नछुटाई पढ्ने गरेको सुनाउन्छन् ।
कवि देवकोटाको साधारण पन, सोच बिचार, सफलता, अस्पतालको बेडमा हुँदा पनि लेख्न नछोडेको उनको साहित्य प्रतिको लगावले सुनिललाई साहित्यमा कलम चलाउन थप प्रेणा मिल्यो। आफुले पढेका थुप्रै साहित्यकारका लेखहरु मध्य देवकोटाका कवितामा छुट्टै आनन्द भएको अनुभव सुनिल संग छ ।
२७ दिनमा १८ घण्टा खर्चेर लेखेका थिए खण्डकाव्य:
सानै उमेरमा बिद्यालयबाटै साहित्यमा कलम चलाउन सुरु गरेका बुढाको साहित्य लेखन सामान्य कविता लेख्ने कुरामा मात्रै सिमित भएन।निरन्तरको साहित्य प्रतिको लगावले खण्ड काव्य लेखन सम्म तान्यो। आफूलाई अक्सर कछुवा भन्न रुचाउँदै आएका बाल कवि बुढाको उक्त खण्डकाव्य असार ८ गते सुदूरपश्चिम कविता महोत्सको अवसरमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान धनगढीले प्रकाशन गर्यो ।

नेपाली समाजको वैदेशिक रोजगारीमा जाने प्रदेशीहरुको कथा बस्तुलाई समेटेर लेखिएको उक्त खण्डकाव्य पाठकहरुको रोजाइमा पर्न सफल कृति बनेको छ । खण्डकाव्यका सुरुका केही हरफ मात्रै पढ्दा पनि आँखा रसाएको खण्डकाव्य पढिसकेका पाठकहरुको प्रतिक्रिया छ । बाल कवि बुढाको खण्डकाव्य ’सहर जाने बाटो’ प्रकाशित भएपछि अहिले सुदूरपश्चिम प्रदेशका थुप्रै जिल्लामा निकै लोकप्रिय बन्दै गएको छ ।
सुनिलले कक्षा ९ मा पढ्दा खण्ड काव्य लेख्न सुरु गरेको सुदुरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपती डा . टिएन जोशीलाई सुनाए। उनले आफुलाई देखाउन भने। त्यसपछि ती उनले सुनिलको खण्ड काव्य बारे सुनिल पढ्ने बिद्यालयका अन्य शिक्षकलाई पनि सुनाएपछि शिक्षकले उनको प्रसंशा गरे। र निरन्तरता दिन सुझाए। शिक्षकहरुबाट राम्रो प्रतिक्रिया सुनिलले पाए यसले उनलाई थप हौसला मिल्यो। उनले साहित्य लेखनलाई थप निरन्तरता दिदै गए र लेखनमा निखरता ल्याउँदै गए।

कक्षा १० मा छात्रवासमा बस्दा उनले थुप्रै कविताहरु लेखे जसमध्यको एउटा बृहत कविता सहर जाने बाटो खण्ड काव्य रहेको सुनिल बताउन्छन् । यो खण्ड काव्यले मलाई थप साहित्यमा कलम चलाउन हौसला प्रदान गरेको छ, मैले २७ दिन लगाएर १८ घण्टामा यो खण्ड काव्य लेखेको हुँ, मैले पढाई संगै प्रत्यक दिन ३०/३५ मिनेट कविता लेख्न समय निकाल्थे ।
यस्तो बताउन्छन् “सहर जाने बाटो” खण्डकाव्य बारे सुनिल
खण्ड काव्यमा अध्ययनका लागि सहर र रोजगारीका लागि बिदेश जाने र बिदेशमै मृत्यु भएर बाकसमा नेपाल फर्किने नेपाली युवाहरुको कहालीलाग्दो तितो यथार्थताको बरण गरिएको उनको भनाई छ । उनले भने, गाउँ बाट पढ्नका लागि सहर जान्छन् , सहरमा उच्च शिक्षा आर्जन गर्छन् तर आफुले आर्जन गरेको ज्ञान सिप र श्रम देशमै खर्चन पाउदैनन्, र त्यसपछि रोजगारीको सिलसिलामा बिदेश जान्छन् र कयौंको बिदेशमै मृत्यु हुन्छ र बाकसमा सव मात्रै नेपाल आइपुग्छ”
यसमा समस्या मात्रै नदेखाएको बताउदै समाधानमा उपचारहरु र गर्नुपर्ने प्रयासहरु पनि उल्लेख गरेको उनको भनाई छ। यो खण्डकाव्य पढिसकेपछि कम्तिमा पनि देशमै केही गरौँ भन्ने भावना सबैमा जागरुक हुने बुढाको बिश्वास छ “देशमै थुप्रै सम्भावनाहरु छन् देशमै केही गर्नुपर्छ, पेट पाल्नकै लागि बिदेशीने परिस्थितिको अन्त्य गर्नका लागि पढेलेखेकाहरु नै बिदेश जाने क्रम रोक्नुपर्छ, आफ्नो ज्ञान,सिप, क्षमता र श्रेम आफ्नै देशमा खर्चिउ, देशमै पसिना बगाउनुपर्छ भन्ने सन्देश पनि यो खण्डकाब्य मार्फत दिने उदेश्य हो, यहीँ कुरालाई समेटेर यो खण्ड काब्य तयार पारेको हो”
पछिल्लो समयमा विभिन्न सिमा नाकामा होस् की त्रिभुवन विमानस्थलला बिदेशीने नेपालीको ताती र दैनिक रोजगारीको सिलसिलामा बिदेशीएका युवाहरुको सव ३/४ जनाको संख्याले नेपाल आइरहेको कुराको चित्रण गरिएको सुनिलको खण्ड काब्य पढिसकेका सञ्चारकर्मी रतन बुढा बताउन्छन् ।
समाज सेवामा पनि उत्तिकै सक्रिय सुनिल,पुस्तकबाट उठेको पैसाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग :
बुढा आफुलाई साहित्यकारका रुपमा मात्रै होईन समाजसेवीका रुपमा पनि समाजमा स्थापित गराउन सक्रिय छन् । सानै देखी समाजसेवामा रुची राख्ने सुनिलले आफुले लेखेको खण्डकाव्य सहर जाने बाटो नामक पुस्तक बिक्री गरेर संकलन गरेको पैसा समाज सेवामा लगानी गर्न सुरु गरेका छन् । कृतिबाट ५ दिनको संकलित रकम अछामको मङ्गलसेनमा रहेको शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको बाल कवि बुढाले बताएका छन् ।
बाल कवि बुढा आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउदै सामाजिक कार्यमा समेत सक्रिय बन्दै गएका छन् । पढाई संगै साहित्य लेखनलाई निरन्तरता दिइरहेका सुनिल इन्जिनियर बन्ने सपना रहेको बताउन्छन् । तर साहित्य भने आफ्नो फुर्सदको साथि रहेको उनको भनाई छ ।फेरीपनि निरन्तर साहित्यमा कलम चलाईरहने र यसलाई नछाड्ने उनले बताएका छन् ।
किन आफुलाई कछुवा भन्न रुचाउँछन् ? कसरी रह्यो उनको नाम कछुवा ?
अहिले सुनिल आफुलाई कछुवा भन्न बढी रुचाउँछन् । किनकि उनलाई यो उनका साथिहरुले राखिदिएको नाम हो। उनले भने, ” अहिले मलाई धेरैले कछुवा भनेर चिन्छन्, बिद्यालयमा अन्य साथीहरू भन्दा म लोसे स्वभावको थिए, त्यसैले मेरो नजीकका मिल्ने साथीहरूले मेरो नाम कछुवा राखिदिएका थिए, साथीहरूले दिएको नाम नकार्न सकिन”



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै