काठमाडौँ । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा सम्पन्न भएको हो ।एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लीद्धारा सम्मानित भैसकेकी छिन ।
सम्वन्धित समाचार
प्रकाश थापाको “सम्झना आँउन्छ की कै लै” नामक गीत सार्वजनिक ( भिडियो सहित)
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवा आमालाई सुनाउन पाइनन्”भिडियो सहित)
फिल्म हलभित्र पेय पदार्थ एमआरपीमै पाइने
उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु: मन्त्री पाण्डे
साहित्यमा उदाउँदै बाजुराका १६ वर्षीय सुनिल, जसले लेखे “सहर जाने बाटो” खण्डकाव्य
राजेन्द्र रावत (आरडी( को “माया रैजाउ जुनिजुनी”गीत सार्वजनिक( भिडियो सहित )