काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भइरहेको लगातारको भारी वर्षाका कारण भएको क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ ।
मन्त्री भण्डारीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेर दुस्ख व्यक्त गर्नुभएको हो । उहाँले सुदूपश्चिम प्रदेशअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिका–८ की १४ वर्षीया प्रतिमा धामी र डोटीको केआइसिंह गाउँपालिका–४ की आठ वर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै तीन जना घाइते र केही पशुचौपायासमेत मरेको घटनाले आफुलाई निकै दुस्खित तुल्याएको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
यसैगरी उहाँले केही दिनयता सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र मौसमविद्हका अनुसार अझै एक दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपद्को समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
“प्राकृतिक प्रकोपका कारण बेपत्ता भएकाहको तदारुकताका साथ खोजीमा लाग्न र विपद्का कारण भएको क्षतिको एकिन विवरण सङ्कलन गरी उद्धार तथा राहतलाई निरन्तरता दिन र त्यस्ता घटना हुने सम्भावित क्षेत्रका लागि तयारीमा रहन नेपाल सरकारका सम्बन्धित निकाय एंव त्यस क्षेत्रमा कार्यरत सबै संघ संस्थाहलाई आग्रह गर्दछु”, मन्त्री भण्डारीद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलालीका एक सय ४६ परिवारका पाँच सय ४७ जना विस्थापित भएका छन् भने कञ्चनपूरको दोधारा चादँनी, पुनर्वास र भिमदत्त नगरपालिकाका ८३ परिवारका दुई सय ४६ जना विस्थापित भएका छन् । यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–११ बगलेखानमा चार घर जोखिममा परेका मन्त्री भण्डारीद्धारा प्रकासशत विज्ञप्तिमा उल्लेख छ ।
वर्षाकै कारण भिमदत्त पन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र डा केआइसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित बनेको जनाइएको छ ।
सम्वन्धित समाचार
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो रूपमा प्रस्तुत हुनू
मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवीन्द्र मिश्र र धवलशम्शेरलाई राजद्रोहसमेतको मुद्दा लगाइँदै