साेलुखुम्बु । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वय तथा अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा लैंगिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी २ दिने तालिम संचालन भएको छ ।
सोलु दुधकुण्ड नगरपालिकाका रीड नेपालले काम गरिरहेको १९ विद्यालयका प्र.अ.हरु, स्थानीय स्रोत शिक्षक र जेन्डर फोकल शिक्षक गरेर ३८ जनाको सहभागितामा रहेको थियो ।
कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मेयर शेर्पाले विद्यालयको गुणस्तर सुधार गर्नका निम्ति लैंगिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा अति आवश्यक रहेको बताउनु भयो । अहिलेको समयमा शिक्षाको प्रतिशप्रधा विश्वका विद्यार्थीहरु संग भएकोले किताबी ज्ञानमात्र सिकाएर नपुग्ने भन्दै अन्य विषयलाई पनि समेट्नुपर्ने बताउनु भयो, साथै निजी विद्यालयका विद्यार्थी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु नै बढी प्रतिभासाली र व्यवाहारिक भएको बताउनु भयो ।
रीड नेपालले लामो समय देखि सोलुखुम्बु मा महत्त्वपूर्ण योगदान गरेको भन्दै अहिलेको आवश्यकता अनुसारका तालिम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा बोल्दै उप मेयर गान्धीमाया तामाङले अत्यन्त महत्त्वपूर्ण विषयमा तालिम संचालन भएको भन्दै सिकेको कुरा विद्यालयमा लागु गर्न आग्रह गर्नु भयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुण्यप्रसाद डंगोलले कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।

उक्त कार्यक्रममा बोल्दै रीड नेपालका संयोजक केशव देव गिरीले विद्यालयको गुणस्तर सुधार गर्न सिकाइ उपलब्धीका साथै अन्य कुराहरुलाई पनि संगसंगै लैजानु पर्ने बताउदै लैंगिक मैत्री, अपाङ्गता मैत्री, बालमैत्री विद्यालय निर्माण आजको आवश्यकता भएकोले यसका लागी मुख्य जिम्मेवार प्र.अ. को हुने हुँदा यो तालिममा प्र.अ.हरुलाई पनि समेटेर तालिमको आयोजना गरेको बताउनु भयो
कार्यक्रमको सहजीकरण कमला उप्रेतीले गरिरहनु भएको छ ।




सम्वन्धित समाचार
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु