१० प्रतिशत ब्याज बुझाएर ऋणको पूनर्तालिकिकरण गर्न पाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरुले  १० प्रतिशत ब्याज तिरेर ऋणको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट होटल तथा रेष्टुरेन्ट,पशुपन्छीपालन,निमार्ण (सिमेन्ट,डण्डी, ईटा ,ब्लक,पाइप्स् एण्ड फिटिङ्स् )लगायतका उद्योगहरुले पुनरतालिकीकरण गर्न सक्ने जनाएको छ ।

त्यसैगरी शिक्षा ,स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा वा ५ करोडसम्म कुनै पनि क्षेत्रको व्यवसायको लागि कर्जा लिएको र २०७९ चैत्त मसान्तसम्म कर्जाको भाखा नाघेको ९० दिन भन्दा बढी भएको छैन भने ग्राहकले लिएको कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचनाको लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थामा सम्र्पंक गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

त्यसका लागि बुझाउन बाँकी ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाई व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना  पेश गर्न राष्ट्र बैंकले भनेको छ । यो सुविधा आगामी पुस मसान्तसम्म मात्र रहने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.