काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि खटिरहने उद्घोष गर्नु भएको छ । शनिबार ललितपुको लाबिम मलमा द च्यालेन्र्जस गेम अफ हिमालयजले निर्माण गरेको हिमाल च्यालेन्जर्स शो कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याएको भन्दै भ्लगरहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले नेपाल प्रकृतिका हिसाबले सुन्दर मनमोहक रहेको बताउनु हुँदै प्रकृतिको सुन्दर सृष्टिलाई विश्वव्यापी रुपमा निरन्तर प्रचार पसारको आवश्यकता औल्याउनु भयो । पर्यटन प्रर्वद्धनमा टेलिभिजन कार्यक्रमले विशेष योगदान पुर्याउनेमा मन्त्री पाण्डेले विश्वास गर्नु भयो । विभिन्न ६ देशका ११ जना युटुयुबरहरुले सगरमाथा वेश क्याम्प पुगेर उनीहरुको यात्रालाई आधार बनाएर उक्त टीभि सो कार्यक्रम बनाएका थिए ।
प्रति ४० मिनेटका ८वटा कार्यक्रमको अमेरिकन अमोजन प्राइममार्फत रिलिज गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाली चलचित्र निर्देशक,निर्माता,कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।



सम्वन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका