रूपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफु मुख्यमन्त्री बन्न बञ्चित भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् ।
गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथलिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् ।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताए ।
‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ।’
उनले भने, मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरि सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा असन्तुस्टि देखिएको छ ।
महासचिव पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
एमालेको विधान महाधिवेशन आज देखि सुरु, २५ सय नेता कार्यकर्ता भेला हुँदै
एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने
हाजिरी जमानीमा छुटे एमालेका केन्द्रीय सदस्य ऐन महर
एमाले विधान महाधिवेशनको मुख्य नारा तय
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय