रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।
गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।



सम्वन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका