काठमाडौँ । सस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको राजनीतिबाट कहिल्यै नझुक्ने बताएका छन् । शनिवार नेपाली काँग्रेस बाजुरा काठमाडौँ सम्पर्क समितिका सभापति अधिवक्ता सूर्य बहादुर शाहको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
तीन पटकसम्मको संसदीय यात्रामा रहेका पाण्डे पहिलो पटक मन्त्री बनेसँगै काँग्रेस बाजुरा सम्पर्क समितिले सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बाजुरा जिल्लाका मतदाता, शुभेच्छुक तथा शुभचिन्तक प्रति कृतज्ञता प्रकट गरे ।उनले भने,जिल्लाका सबै मतदाता प्रति कृतज्ञ छु । अहिले जे प्राप्त गरेको छु,कार्यकर्ता,पार्टी र नेताहरूको विश्वासका कारण भएको हो । निष्ठाको राजनीतिबाट कहिल्यै झुक्न दिन्न । उनले शुभेच्छुकहरूबाट विकृति,विसङ्गति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने शुभेच्छा पाइरहेको बताए ।
मन्त्री पाण्डेले मन्त्री, प्रधानमन्त्रीहरू गतिहीन हुन नहुनेमा जोड दिए । फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु रहर नभएर बाध्यता भएको दाबी गरे । उनले अघिल्लो सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि हुँदा हुँदै पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।
मन्त्री पाण्डेलाई काँग्रेस नेता कार्यकर्ताहरूले जिल्ला र मुलुकको शिर ठाडो पार्ने गरी काम गर्न समेत अनुरोध गरेका थिए । साथै जिल्लाका सम्भावित पर्यटन क्षेत्रको विकासका लागि विशेष पहल गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सभापति,पूर्व सभापतिहरू,संविधानसभा सदस्यका साथै पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।



सम्वन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका