मिन बहादुर खड्का काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा भएको भेटवार्तााले राष्ट्रिय राजनितिमा नयाँ तरंग ल्याएको छ। यतिमात्रै होइन ओली र देउबाको भेटले खैलाबैला नै मच्चिएको छ। सत्ताबाट हात धुनुपरेपछि बिरत्तिएका देउबा पत्ति आर्जु राणा सहित ओली निवास बालकोट बिन्ति बिसाउन पुगेपछि राजनिति बृतमा यतिबेला नयाँ चर्चा भइरहेको छ।
ओली प्रधान्मन्त्री बन्दैछन् र सरकार ढेल्दैछ, यतिमात्रै होइन देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको सम्मको चर्चा भइरहेको छ । झण्डै तीन घण्टा लामो देउवा र ओलीबीच भएको छलफललाई बिभिन्न कोणबाट हेरिएको छ। समसामयिक राजनीतिबारे छलफल भएको भनिएपनि प्रचण्डले दिएको धोकाको बदला लिने दाउमा सत्ताबाट हात धोएको दिनदेखी नै कसरतमा रहेका देउवा सामान्य भेटघाटका लागि आली भेटन नगएको चर्चा भइरहेको छ।
उसो त केही समय अगाडी नै कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । यद्येपी माओबादी र एमाले संगको दोहोरो समबाद कसले सार्थकता पाउन्छ? अहिले नै भन्न सकिने स्थिति छैन। यद्येपी सत्ताबाट हात धुनुपर्दाको छटपटीले सबैभन्दा बढी देउबालाई पोलेको छ ।
सम्भवतह अन्य कांग्रेसका नेतालाई त्यति मत्लब छैन । तर देउवा भने सत्ता बाहिर हुँदा छटपटाइहाल्छ्न् । उनले सत्तामा पुग्न अनेकौँ प्रयास नगरेका हैनन् । सत्ताबाट बिमुख भएको दिन देखी सरकारमा कसरी जाने ? भन्ने आन्तरिक रणनिति देउवाले कहिँले बनाउन छाडेका छैनन् । सोही अनुसारको दौडधुप बढाइरहेका छन् । देउवाले पार्टीलाई सत्तामा सहभागी गराउन र प्रचण्डले दिएको धोकाको बदला लिन र प्रचण्डको प्रधानमन्त्री पद च्यूत गर्न कहिँले रबी कहिँले माधव नेपाल नफकाएका पनि होइनन् तर उनि सफल हुन सकेनन् ।
यतिमात्रै होइन देउबा अरुलाई प्रधानमन्त्री पद बाड्दै हिडेका छन् । अरुलाई प्रधानमन्त्री बनाएरै भएपनि प्रचण्डले दिएको धोकाको बदला लिने धुनमा देउवा पहिले देखी नै जुटेका छन् ।
राजनितिका चतुर खेलाडी मानिने देउबाको चतुर्याइले सार्थकता भने पाउन सकेको छैन। आफु संगको लगन गाँठो चुँडाएर प्रथण्डले बालकोटबाट हात हल्लाएको सुइको समेत नपाएका देउबाको रिस अहिले जति प्रचण्ड संग छ त्यति अरु संग छैन । यस अघि एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका हुन् । लामो समय पछिको भेट आफैमा अर्थपर्ण त हुने नै भयो तर हिजोको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने बिश्वास कांग्रेस नेताहरुको छ ।
देउवा र ओलीबीचको भेटघाटबारे दिउँसै थाहा पाएका केही कांग्रेस नेताहरूले पनि दुई नेताबीचको कुराकानी असार १५ को दही चिउरामा सीमित नभएको अनुमान लगाइरहेका छन् । ओलीलाई देउबाले मात्रै भेटेकाा छैनन् कांगे्रसका अनय नेताहरुले पनि भेटवार्ता गरिहेका छन् ।
देउवा र ओलीबीच भेट हुनुअघि कांग्रेसका सांसदसमेत रहेका एक नेताले पनि ओलीसँग भेटेका थिए । जसरी माओवादी पंक्तिमा कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका फैलिएको बेला ओली र देउबाको भेटलाई बढी अर्थपूर्ण रुपमा हेरिएको छ। यतिमात्रै होइन कांग्रेस नेताहरूले पनि दुई ठूला पार्टीबीच सहकार्यको संरचना बन्न लागेको प्रतिक्रिया दिएका छन् ।
तर, एमालेका नेताहरू भने पछिल्लो भेटघाट सामान्य शिष्टाचार भन्दै कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सम्भावना अश्वीकार गरिरहेका छन् ।ओली र देउवाको पछिल्लो वार्ताले सत्ता समीकरणमा पनि खैलाबैला मच्चिएको छ । उसो त केही समय यता पुरानै गठबनधन बिउताउने आनतरिक तयारी भइरहेको सम्मको चर्चा पनि भइरहेको थियो।
शनिबारको देउवा र ओली भेटले माओवादी बढी सशंकित बनेर अरु सम्भावनाको खोजीमा नेताहरू लागेका छन् । माओबादीका नेताहरु मात्रै सशंकित भएका छैनन् यसको धक्का बालुवाटार सम्मै पुगेको छ। ओली र प्रचण्डको कृपाले आफ्नो अस्तितव जोगाइरहेका रबी समेत सशंकित भएका छन् । ओली र देउबाको भेटले सशंकित भएका प्रचण्डले ओलीसँग आइतबार बिहानको टेलिफोन संवादमा पनि प्रचण्डले शनिबारको कुराकानी के हो रु भनेर सोधेको बताइन्छ । ओलीले भने दही चिउरा खान बोलाएकोबाहेक अरु केही त्यस्तो नरहेको जवाफ दिएका थिए त्यतिले पनि चित्त नबुझेपछि बालुबाटारमै ओली र प्रचण्डले फेरी भेतवार्ता गरेका छन् ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैन : उपाध्यक्ष पौडेल
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय