दैलेख: दैलेखमा १३ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन्।
दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन्।
आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले बताए।
स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको उनले बताए।
‘पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन,’ थापाले भने, ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’



सम्वन्धित समाचार
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’