विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले हिक्मतकार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्दै छन् ।
दुई दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी गरेका हुन् । बिहिबार १० बजेसम्ममा बहुमत सदस्यसहित दाबी पेश गरिने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए । दाबी पेश भएपछि बहुमत परीक्षणका लागि दिउँसो सबै सांसदको सनाखत गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।
एमाले र माओवादी केन्द्रले सबै सांसदलाई संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए ।
तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
सम्वन्धित समाचार
रीड नेपालद्धारा थुलुङमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी
काठमाडौंमा भूकम्पको धक्का
स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ४ दिने तालिम सुरु
रीड नेपालद्धारा जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ती प्रदान
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी
ओखलढुंगाको मोलुङ ५ बाट एमालेले खोल्यो खाता