विराटनगर । एमाले-माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ ।
कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमालेले जनाएको छ ।
प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्छन् चासोको विषय रहेको छ ।
एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वत: पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।
सम्वन्धित समाचार
Advancing Employees’ Rights: A Path to Social Justice and Equity for All
रीड नेपालद्धारा थुलुङमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी
देशभर तापक्रम बढ्न थाल्यो
काठमाडौंमा भूकम्पको धक्का
कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण
स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ४ दिने तालिम सुरु