काठमाडौं । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताएका छन्।
उनले भने, २८ गतेको बैठकमा सबै नेताहरूले बोल्नुहुन्छ। त्यहाँ बैठकलाई व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्छ। तर, उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न सकेको छैन।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित