काठमाडौं । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताएका छन्।
उनले भने, २८ गतेको बैठकमा सबै नेताहरूले बोल्नुहुन्छ। त्यहाँ बैठकलाई व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्छ। तर, उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न सकेको छैन।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु