बझाङ। रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र शिक्षा तालीम केन्द्र दिपायलको समन्वयमा १० दिने तालिम सम्पन्न भएको छ । शिक्षकको पेशागत विकास तालिम ईश्वर आधारभुत बिद्यालय घाँटखोलामा भएको थियो।
तालिम समापन कार्यक्रमका प्रमुख अथिती खप्तडछान्ना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले शैक्षिक सत्रको सुरुमानै शिक्षकहरुले तालीम प्राप्त गरेकोले सिकेका सिपलाई कक्षाकोठामा प्रयोग गर्न अनुरोध गर्दै शैक्षिक सुधारको लागि गाउँपालिकाले रीड नेपालसँग सहकार्य गरेर जानेकुरा बताउनु भयो ।
उक्त कार्यक्रमका बिशिस्ट अथिती वडा न ४ का अध्यक्ष ईश्वर बहादुर रोकायाले टि.पि.डी तालीम खप्तडछान्ना गाउँपालिकामा नै संचालन हुनु गर्भको विषय भएको र सरकारको कोटाको आधारमा हुने तालिम एकै पटक सबै शिक्षा प्राप्त गर्नु शिक्षकको लागि ठुलो अवसर भएको र तालीममा सिकेका सिपलाइ व्यबहारमा लागु गर्न बताउनु भयो। रीड नेपाल लागू भएपछि शैक्षिक सुधारमा सहयोग भएको तर संस्थाको लगानि अनुसार अझै सुधार गर्न सबै सरोकारवाला लाग्नु पर्ने बताए।
कार्यक्रममा रीड नेपालका सस्थापक मदन खनालले तालिम संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्तगर्दै कार्यक्रमलाई अझै निरन्तर गर्न सबैले सक्रिय भएर लाग्न र परिवर्तन गरेर देखाउन अनुरोध गरेका थिए।
रीड नेपालका शिक्षा प्रबन्धक राजेन्द्र पन्तले सक्रिय भएर तालिममा सिपहरु सिक्नु भएकोले सहभागीहरुलाई धन्यवाद दिदै परिवर्तनको बाहक शिक्षकनै भएकोले शैक्षिक सुधारको निम्ति सरोकारवालाहरुसँग सहकार्य गर्दै सिकेका सिपलाई बालबालिकाको बीचमा पुर्याउनु पर्ने बताए ।
शिक्षकको तर्फबाट बोल्दै शिक्षक झलक नवीन रोकाया, गङ्गा बोगटी र खप्तडछान्ना गाउँपालिका शिक्षक महासङका अध्यक्ष हरि बहादुर जेठाराले विषयगत र टि.पि.डी. तालिममा नयाँ नयाँ सिपहरु सिक्ने अबसर मिलाएकोमा रीड नेपाललाई धन्यवाद दिदै सिकेका सिपलाई कक्षाकोठामा प्रयोग गर्ने बताउनु भयो।
शिक्षकहरुको राम्रो कामको मूल्यांकन गर्दै थप हौसला बढाउन गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षामा सहभागी सबै विद्यार्थी उतिर्ण गराउन सफल विद्यालय बालबिकास आधारभुत बिद्यालय र कक्षा कोठामा शैक्षिक सामग्री ब्यबस्थापन र प्रयोगमा उत्कृष्ट शिक्षक प्रकाश बहादुर थापालाई सम्मान गरेको छ।
कार्यक्रमको अध्यक्षता रीड नेपालका परियोजना प्रबन्धक देबराज खत्रीले गर्नु भएको थियो। कक्षा ४ देखी ८ सम्म अध्यापन गर्ने शिक्षक हरुलाई गणित , अङ्ग्रेजी , बिज्ञान , नेपाली र सामाजिक बिषयको बिषयगत र आधारभुत तह १-५ का शिक्षक लाई टि.पि.डी तालिम संचालन गरिएको रीड नेपालका शिक्षा बिकास संयोजक जनकराज जोशीले बताए ।
तालिममा २२ विद्यालयका ९३ जनाको सहभागिता रहेको थियोे । तालिमको सहजीकरण अस्ट्रेलिया र न्युजिल्यान्डका प्रशिक्षक रोजर ओमेघर , सेरा जोन्स र आना डुचमलका साथै रीड नेपालका प्रशिक्षक राजेन्द्र प्रसाद पन्त , केशव देव गिरी, जनकराज जोशी, सुजाता राई , राजिव ढुङ्गगाना, अभिषेक साह, बिष्णु उपाध्याय र दिपा भट्टले गरेका थिए ।
तालिमका फोटाहरु:
सम्वन्धित समाचार
रवि र छविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
“Measuring What Matters: Inclusive & Competency-Based Assessments for Nepal”
यी हुन् सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
सरकार र शिक्षकबीच सहमति, हस्ताक्षर हुन बाँकी
प्रधानमन्त्रीले बोलाए सत्ताधारी दलको बैठक