कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने विषयमा बालुवाटारमा प्रारम्भिक सहमति भएको छ । मुख्यमन्त्रीमा दावी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी (रञ्जिता समूह) लचक बनेपछि नेकपा एसले पाउने भएको हो ।
सुदूरपश्चिम प्रदेशमा २ गते नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले केही समय परामर्शको लागि समय मागेका थिए ।
आज केन्द्रमा सत्ता गठबन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने समझदारी गरेपछि नागरिक उन्मुक्ति पार्टीका दुबै जना हिस्स हुने देखिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा यस अघि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । सोडारीले समर्थन फिर्ता लिएसँगै अब लक्ष्मण चौधरीले बहुमत पुर्याउन सक्ने छैनन् ।
नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित