कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने विषयमा बालुवाटारमा प्रारम्भिक सहमति भएको छ । मुख्यमन्त्रीमा दावी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी (रञ्जिता समूह) लचक बनेपछि नेकपा एसले पाउने भएको हो ।
सुदूरपश्चिम प्रदेशमा २ गते नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले केही समय परामर्शको लागि समय मागेका थिए ।
आज केन्द्रमा सत्ता गठबन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने समझदारी गरेपछि नागरिक उन्मुक्ति पार्टीका दुबै जना हिस्स हुने देखिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा यस अघि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । सोडारीले समर्थन फिर्ता लिएसँगै अब लक्ष्मण चौधरीले बहुमत पुर्याउन सक्ने छैनन् ।
नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
बालेनको प्रचारमा खटिएका सादा पोशाकका प्रहरी थिए: अनुसन्धान हुँदै ?
कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय