काठमाडौं । प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा थिए । तर, कुनै सहमति बन्न सकेन ।
बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्ने अडान दोहोर्याएको छ । सदनको सुरू गर्नेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गरेका छन् ।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु