काठमाडौं । प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा थिए । तर, कुनै सहमति बन्न सकेन ।
बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्ने अडान दोहोर्याएको छ । सदनको सुरू गर्नेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गरेका छन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित