काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण प्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । गठबन्धन टुटे लगत्तै पनि दुई नेता बालुवाटार गएका थिए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर प्रयास भइरहेको छः मन्त्री पाण्डे
Advancing Employees’ Rights: A Path to Social Justice and Equity for All
देशभर तापक्रम बढ्न थाल्यो
कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण