काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण प्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । गठबन्धन टुटे लगत्तै पनि दुई नेता बालुवाटार गएका थिए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।



सम्वन्धित समाचार
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
काठमाडौंबाट सुनका गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता