काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । संसदमा सांसदहरूले उठाएका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने लागेको थियो, तर सभामुख देवराज घिमिरे र शीर्ष नेताबिच छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछिको सभामुखको सचिवालयले जनाएको हो ।
‘साढे १० बजेको समय सरेर दिउँसो २ बजे पुगेको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
पछिल्लो समय नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेको छ । कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ ।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल