बझाङ। विद्यालय व्यवस्थापन अपाङ्गता, समावेशी शिक्षा र प्रारम्भिक पहिचान सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । रीड नेपाल र खप्तडछान्ना गाउँपालिकाको सयुक्त आयोजनामा चैत्र १८-२० गतेसम्म संचालित तालिम इश्वर आधारभूत विद्यालय घातखोलामा सम्पन्न भएको हो ।
समापन कार्यक्रमका कार्यवाहक अध्यक्ष तथा वडा ४ का अध्यक्ष इश्वर बहादुर रोकायाले विद्यालय सुधारको मुख्य जिम्मेवारी प्र.अ. हरुको रहेको बताउनु भयो, सकारात्मक सोंचका साथ प्र.अ. हरु जिम्मेवार बनेमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुका साथै अबको प्रमुख प्राथमिकतामा शिक्षा रहेको र सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे ।

शिक्षा शाखा प्रमुख हरी प्रसाद शोतीले शिक्षकहरुलाई मानव मस्तिष्कको बौद्धिक क्षमता तथा विशाल सपना देखेर अगाडी बढ्न प्र.अ. हरुलाई आग्रह गर्दै परिवर्तन सम्भव भएको बताए । सोतीले यो तालिम नेपाल सरकारको भएता पनि रीड नेपालले दिएकोमा सस्थांलाई धन्यावाद प्रदान गरेका थिए । कार्यक्रममा सहभागीको तर्फबाट झलक नवीन रोकायाले तालिममा सिकेका कुरालाई विद्यालयमा गएर लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै तालिम निकै प्रभावकारी रहेको र कार्य योजना अनुसार विद्यालयमा प्रयोग गरि समयमा नै रीड नेपाललाई रिपोर्ट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापन कार्यक्रमको उद्देश्य माथि रीड नेपालका पश्चिम नेपाल कार्यक्रम क्षेत्र प्रबन्धक देव राज खत्रीले प्रकास पारेका छन् भने कार्यक्रमको सहजीकरण रामलाल धामी, रीड नेपालका MEAL प्रबन्धक उपेन्द्र राज जोशी र रीड नेपालका शिक्षा विकास संयोजक जनक राज जोशीले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पालिका भित्रका ३५ ओटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।



सम्वन्धित समाचार
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
Impulsiveness in Poetic Discourse
शिक्षा समितिको बैठक सिंहदरबारमा सुरु, परामर्श उपसमितिको प्रतिवेदन पेस