सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।
प्रदेशसभा सचिवालयका प्रमुखका अनुसार आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने बताइएको छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।
संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ । ‘नेतृत्वहरुकोबीचमा बसाइँ भइरहेको छ । नेतृत्वले के सहमति हुन्छ । संसदीय दललाई जानकारी गराउनु हुन्छ । त्यहीँ अनुसार अगाडि बढ्छौ ।’
नेकपा एमालेले केन्द्रमा भएको निर्णय कर्णालीमा पनि लागू गर्नुपर्ने बताउँदै आएको छ ।
सम्वन्धित समाचार
दैलेखमा ११ वर्षीय बालकको हत्या
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि