हेटौँडा । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ जना मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
चारजना मध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बनेका हुन् भने अन्य तीन जना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री भैसकेका थिए ।
भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मंगलबार दिउँसो मुख्यमन्त्री जम्कट्टेल, एमाले नेता थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।



सम्वन्धित समाचार
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
बुढानिलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते
बागमती नगरपालिकाका मेयर भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दाेषी ठहर
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर प्रयास भइरहेको छः मन्त्री पाण्डे
Advancing Employees’ Rights: A Path to Social Justice and Equity for All