हेटौँडा । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ जना मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
चारजना मध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बनेका हुन् भने अन्य तीन जना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री भैसकेका थिए ।
भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मंगलबार दिउँसो मुख्यमन्त्री जम्कट्टेल, एमाले नेता थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
काठमाडौंबाट सुनका गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात