काठमाडौं । इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छान्नका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।
उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । सभापति देउवाले सोमवार स्थालगत अध्ययनका लागि इलाम र बझाङ पुगेका महामन्त्री विश्वप्रकाश शर्मा र सुदुरपश्चिम प्रदेश सभपति बीरबहादुर बलायरले उमेदवारका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएको छ ।



सम्वन्धित समाचार
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो
२४ वर्षीय ढकाल एमाले महाधिवेशन प्रतिनिधि
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै