मकवानपुर । वाग्मती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद चर्किएको छ । हानेपाका सांसद शैलेन्द्रमान बज्राचार्यले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।
पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् । हानेपाले वाग्मती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तर शैलेन्द्रमान बज्राचार्य पार्टीको निर्णयविरुद्ध मन्त्री बनेसँगै विवाद सतहमा आएको हो ।
आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनितिक सस्कार सिकाएको आरोप लगाए ।
एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ ।
चैत्र १५ मा हानेपाका बज्राचार्य प्रदेश सरकारमा सामेल भएपछि आज हेटौंडा आएर हानेपाले पत्रकार सम्मेलन गर्दै कारबाहीको चेतावनी दिएको हो ।
सम्वन्धित समाचार
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो रूपमा प्रस्तुत हुनू
मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवीन्द्र मिश्र र धवलशम्शेरलाई राजद्रोहसमेतको मुद्दा लगाइँदै