काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधामन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो।
तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस गरेको छ।
बैठकसको छलफलपछि सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयएले जनाएको छ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
एमालेको विधान महाधिवेशन आज देखि सुरु, २५ सय नेता कार्यकर्ता भेला हुँदै
एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने
हाजिरी जमानीमा छुटे एमालेका केन्द्रीय सदस्य ऐन महर
एमाले विधान महाधिवेशनको मुख्य नारा तय
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय