काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरिएको छ । आउँदो वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाईने गरी उक्त निर्णय भएको हो । संघबाट योजना छनोट गर्दा विकृति बढेको भन्दै आलोचना भईरहेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेकी हुन् । कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याव र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्ष देखि बजेट तर्जुमाकै क्रममा स्थानीय तहमा बजेट पठाउने गरी मन्त्री सुमना श्रेष्ठको उपस्थितिमा बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।
सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट भुकम्प प्रभावित क्षेत्रका विद्यालय निर्माणमा खर्च गर्ने सहमती भएको थियो ।



सम्वन्धित समाचार
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु