काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरिएको छ । आउँदो वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाईने गरी उक्त निर्णय भएको हो । संघबाट योजना छनोट गर्दा विकृति बढेको भन्दै आलोचना भईरहेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेकी हुन् । कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याव र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्ष देखि बजेट तर्जुमाकै क्रममा स्थानीय तहमा बजेट पठाउने गरी मन्त्री सुमना श्रेष्ठको उपस्थितिमा बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।
सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट भुकम्प प्रभावित क्षेत्रका विद्यालय निर्माणमा खर्च गर्ने सहमती भएको थियो ।
सम्वन्धित समाचार
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
रवि र छविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
“Measuring What Matters: Inclusive & Competency-Based Assessments for Nepal”
यी हुन् सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक