ताप्लेजुङ । शिक्षण सिकाई अभिवृद्धिका लागि पाँचदिने ICT तालिम सम्पन्न भएकाे छ । ICT तालिम सरस्वती मा.वि. तापेथाेकमा बुधबार सम्पन्न भएकाे हाे।पाँचदिने ICT तालिमले शिक्षकहरूकाे र विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम दिइएको थियाे ।
समापन तालिममा सहभागीकाे तर्फबाट सुनदेवी विद्यालयका शिक्षक सनम राेक्काले ICT तालिमले शिक्षकहरूलाई कम्प्युटरकाे बारेमा धेरै सिकाई भएकाे र याे सिकाईलाई आफुहरूमा मात्र सिमित नगरि अन्य शिक्षकलाई र कक्षाकाेठामा पनि प्रयोग गरेमा उपलब्धि हुने बताए। उक्त तालिमकी सहभागी शिक्षिका कल्पना राईले ICT तालिमले हामीलाई धेरै कुरा सिकाउनुका साथै शिक्षा क्षेत्रमा प्रविधिलाई कसरी कक्षाकाेठामा प्रयोग गर्ने र शिक्षक आफैले प्रविधिकाे प्रयोग गरेर पढाउनु पर्ने बताएकी छन् ।

साेही समापन कार्यक्रममा बाेल्दै जिल्ला प्रबन्धक राजेन्द्र पन्तका अनुसार रीड नेपालले दिएकाे पाँचदिने ICT तालिमले सबै आवश्यकता पूरानहुने बताउनुका साथै शिक्षकले अबकाे पाठ्यपुस्तकहरूलाई कक्षा काेठामा पुरानाे शैलीलेमात्र शिक्षण नगरि प्रविधिका माध्यमबाट कक्षाकाेठामा विद्यार्थीकाे सिकाई उपलब्धि गराउनु पर्ने जाेड दिए । उहाँले याे शिक्षण सिकाई अभिवृद्धि तालिमले शिक्षकहरूकाे क्षमतामा पनि जाेड दिएकाे बताए ।
उक्त तालिममा १७ वटा विद्यालयका २८ जना शिक्षकहरूको सहभागी रहेकाे रीड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रामचन्द्र पाेखरेलले बताएका छन् ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)काे आयाेजना र फक्ताङलुङ गाउँपालिकाकाे समन्वयमा ५ दिने ICT तालिम सम्पन्न गरिएको थियाे।
Himalayan Trust UK काे आर्थिक सहयाेगमा रीड नेपालले ताप्लेजुङ जिल्लाकाे फक्ताङ्लुङ गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाकामा शैक्षिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित