ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)काे आयाेजना र फक्ताङलुङ गाउँपालिकाकाे समन्वयमा ५ दिने ICT तालिम संचालन गरिएको छ । ICT तालिम सरस्वती मा.वि. तापेथाेकमा संचालन भएकाे हाे ।
शिक्षण सिकाई अभिवृद्धिका लागि ICT तालिमले विद्यार्थीको सिकाई अभिवृद्धिलाई मध्यनजर गरेर १७ वटा विद्यालयका २८ जना शिक्षकहरूको उपस्थिति रहेकाे रीड नेपाल ताप्लेजुङका जिल्ला प्रबन्धक राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।
कार्यक्रमका सभापति चन्द्रमणी सुब्बाले सिकेको सीपलाई आ-आफ्ना विद्यालयका सहकर्मी माझ सार्नु पर्नेमा जोड दिनु भयो।

साेहि कार्यक्रमका प्रमुख अतिथि फक्ताङ्लुङ गा.पा. शिक्षा अधिकृत पदम सोमैले तालीममा सिकेका सिपलाइ कक्षा कोठामा प्रयोग गर्न अनुराेध गर्नु भयाे।
अतिथि तथा प्रशिक्षक खड्ग श्रेष्ठले समसामयिक लेटर ग्रेडिङ र कक्षा काेठामा ICT महत्त्वका बारेमा प्रकाश पार्नुका साथै अतिथि फक्ताङ्लुङ गा.पा. स्वास्थ्य संयाेजक दिनेश भट्टराई, IT Officer जय प्रसाद रिजाल, रीड नेपालकि शिक्षा विकास अधिकृत राेमा लिम्बू, रामचन्द्र पाेखरेल र मनीषा तामाङ सहितको उपस्थित रहेकाे थियाे ।

उक्त तालिमकाे सहजीकरण प्रशिक्षक खड्ग श्रेष्ठ र रीड नेपालका IT अधिकृत पुरन ओलीले गरि रहनु भएकाे शिक्षा विकास अधिकृत रामचन्द्र पाेखरेलले बताएका छन् ।
रीड नेपालले Himalayan Trust UK काे आर्थिक सहयाेगमा ताप्लेजुङ जिल्लाकाे फक्ताङ्लुङ गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाकामा विगत एक दशक देखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित