काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।
तिनै पाटीले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल