काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ ।
आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।
पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।
एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पुर्यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’
नेकपा फेरि ब्युँतिने सम्भावना बारे उनले भने, ‘पार्टी एकताको विषयमा त कुरा चलेको छैन । तर, यो स्टेपले त्यो दिशातर्फ लैजान्छ । वामपन्थी एकताकै लागि यो स्टेप चालिएको हो ।’
नेकपा एसको पार्टीको सचिवालय बैठक बस्दैछ। के गर्ने ? भन्ने बैठकबाट नै आधिकारी निर्णय गरिने स्रोतले बताएको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
एमालेको विधान महाधिवेशन आज देखि सुरु, २५ सय नेता कार्यकर्ता भेला हुँदै
एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने
हाजिरी जमानीमा छुटे एमालेका केन्द्रीय सदस्य ऐन महर
एमाले विधान महाधिवेशनको मुख्य नारा तय
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय