ललितपुर । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले INTENT परियोजना अन्तर्गत बागमती गाउँपालिका वडा नं. १ मा रहेका झागलकाेट आधारभूत विद्यालय र महांकाल आधारभूत विद्यालयमा LED TV र श्रव्य-दृष्य डीजीटल सामग्री वितरण गरेकाे छ ।
प्रारम्भिक बालविकासका विद्यार्थीलाई श्रव्य-दृष्य सामग्रीको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा हेतुले उक्त सामग्रीहरु वितरण गरिएको कार्यक्रम संयाेजक ऋषि केश आचार्यले बताएका छन्।

नेदरल्याण्डको Woord en Daad को आर्थिक सहयोगमा यस परियोजनाले विगत आठ महिना देखि बागमती गाउँपालिकाका चारवटा वडाहरुमा विद्यालय शिक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
शिक्षामन्त्री पुनद्वारा राजीनामा
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु