काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको छ । अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
विपक्षी दलहरुले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् ।
एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने अडान सुनाए । सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।



सम्वन्धित समाचार
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर प्रयास भइरहेको छः मन्त्री पाण्डे
Advancing Employees’ Rights: A Path to Social Justice and Equity for All
देशभर तापक्रम बढ्न थाल्यो
कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण
पहिरोले नौबिसे–काठमाडौं सडक खण्ड अवरुद्ध