काठमाडौं । प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्।
एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सासंदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको हो ।
केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’
त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिए ।



सम्वन्धित समाचार
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
अन्तिम समयमा पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती